सामाजिक सुरक्षा कोषबाट उपचार सुविधा विस्तार
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – सरकारले दशैं, तिहारलगायत चाडपर्व नजिकिएसँगै बजार अनुगमनलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्व लक्षित विभिन्न १० वटा टोली गठन गरी विशेष बजार अनुगमन सुरु गरेको हो । साधारणतया विभागले ४\५ वटा टोलीमार्फत बजार अनुगमन गर्दै आएको छ ।
विभागका टोलीले खाद्यान्न, इन्धन, लत्ताकपडा, माछामासु, तरकारी, फलफुललगायतका थोक तथा खुद्रा पसलमा अनुगमन गर्नेछन् । चाडपर्वको समयमा व्यापारीहरुले जथाभाबी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्नेलगायत समस्या देखिने गरेकाले दशैँ आउन चार हप्ता बाँकी रहँदै विभागले अनुगमन सुरु गरेकाे हाे ।
विभागले सबै अनुगमन टोलीलाई भूगोल नै ताकेर अनुगमन सुरु गर्न निर्देशन दिएको विभागका प्रवक्ता रविन्द्र आचार्यले बताउनुभयो । खासगरी काठमाण्डाैकाे कलङ्की, बालाजु, बुढानीलकण्ठ, महाराजगञ्ज, चावहिल, कोटेश्वर तथा भक्तपुर र ललितपुरमासमेत क्षेत्र तोकेर टोली परिचालन गरिएको प्रवक्ता आचार्यले बताउनुभयो ।
त्यस्तै विषयगत विभागहरु खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग र देशभरका सबै जिल्ला प्रशासन कार्यालयमा तोकिएका बजार अधिकृतहरुलाई समेत बजारमा उपस्थिति बढाउन निर्देशन दिएको उहाँले बताउनुभयो ।
यस्तै, सबै प्रदेश र पालिकालाई पनि आपूर्ति सन्तुलन र मूल्य नियन्त्रणमा ध्यान दिन अनुरोध गरेको उहाँले बताउनुभयो । बजार अनुगमन व्यवसायीहरुलाई आतङ्क फैलाउने र तत्काल जरिबाना गरेर तर्साउने उद्देश्यले सुरु नभएको पनि प्रवक्ता रिजालले बताउनुभयाे ।
बढी मूल्य लिने, मूल्य सूची नराख्ने, गुणस्तरीय वस्तु बिक्री वितरण नगरि उपभोक्ता ठग्ने व्यापारीलाई मात्र अनुगमनको क्रममा कारबाहीको दायरामा ल्याउने उहाँले बताउनुभयो ।
विभागले चाडपर्व तथा कोरोना सङ्क्रमणको जोखिमको सन्दर्भमा अनुगमनलाई प्रभावकारी बनाउन पहिलो चरणमा असोज १३, १४ र १५ गते र त्यसपछि क्रमशः सबै प्रदेशमा बजार निरीक्षण अधिकृतलाई प्रशिक्षण दिन लागेको पनि प्रवक्ता आचार्यले बताउनुभयो ।
साथै अनुगमनको क्रममा सरकारले तोकेको स्वास्थ्यसम्बन्धी मापदण्डको पूर्ण पालन गरिने समेत उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।