'सुरक्षित गर्भपतन महिलाको प्रजनन अधिकार हाे, अपराध हाेइन'

 असोज ९, २०७७ शुक्रबार २१:१८:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले सुरक्षित गर्भपतन अपराध नभइ महिलाको प्रजनन अधिकार भएको जनाएकाे छ ।

नेपालमा सुरक्षित गर्भपतन सेवा तथा यसको कानुनी अवस्थाका बारेमा ४१ प्रतिशत महिलालाई मात्र जानकारी रहेको र ४२ प्रतिशत महिलाले मात्र सेवा उपयोग गरिरहेको भन्दै सुरक्षित गर्भपतन प्रजनन अधिकार हो भन्ने जानकारी सबैलाई हुनुपर्ने सरकारकाे भनाइ छ ।

परिवार कल्याण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत निशा जोशीले सुरक्षित गर्भपतनका कारण मातृ मृत्युमा समेत प्रभाव पार्ने भएकोले यसलाई सबैको पहुँचमा पुर्‍याउनुपर्ने बताउनुभयो । असुरक्षित गर्भपतनका कारण धेरैले ज्यान गुमाउने भएकोले सुरक्षित गर्भपतन सेवा सबैको पहुँच र जानकारीमा हुनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले अहिले नेपालमा १५ सयभन्दा धेरै स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतनसम्बन्धी सेवा दिइरहेको र नेपालमा गर्भपतन सेवालाई कानुनी मान्यता दिएपछि १३ लाखभन्दा बढी महिलाले सेवा लिएको बताउनुभयो ।

शनिबार 'सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता : कोभिड १९ को महामारीमा पनि सेवाको सुनिश्चितता' भन्ने नाराका साथ छैटौँ राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै छ ।  

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया