शेयर बजार दोहोरो अङ्कले घट्यो, कारोबार रकम भने ७ अर्ब रुपैया...
पुस २५, २०८१ बिहिबार
भक्तपुर – अमेरिकी डलर सस्तोमा साटिदिने भन्दै शृङ्खलाबद्ध लुटपाटका घटनामा संलग्न भएको अभियोगमा पाँच जना पक्राउ परेको छन् । पछिल्लाे पटक असाेज ८ गते बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोट बस्ने एक जना व्यक्तिलाई अमेरिकन डलर देखाएर सस्तोमा साटिदिने गरिदिने बहानामा पाँच लाख रुपैयाँ लुटपाट भएसँगै प्रहरीले सक्रियता देखाएकाे थियाे ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ३ घर भइ काठमाण्डौको गोकर्णेश्वर नगरपालिका १ का खेलबहादुर तामाङ र रेलबहादुर तामाङ, बाह्रबीसे ६ घर भइ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ बस्ने श्यामबहादुर तामाङ, रामकृष्ण तामाङ र कान्छी तामाङ रहेका छन् ।
उनीहरु मध्यपुर ठीमी नगरपालिका ९ काे बोडेबाट पक्राउ परेका हुन् । उनीहरुको साथबाट दुई लाख ४२ हजार नाै सय ३५ रुपैयाँसहित पाँच थान मोबाइल, दुई वटा मोटरसाइकल र डलर भनेर झुक्याउन तयार पारिएका दुई बण्डल कागजको बिटोसमेत बरामद गरिएको छ ।
यस्तो छ लुटपाटको घटनाक्रम
प्रहरीका अनुसार यसअघि गएको साउन ८ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ काे बोडेमा डलर साटिदिने बहानामा तीन लाख रुपैयाँ लुटपाट भएको थियो ।
यस्तै साउन १९ गते मध्यपुर ठिमी नगरपालिका ५ काे बोडेमा चार लाख रुपैयाँ लुटिएको थियो भने वडा नम्बर २ बोडेमा भदौ ३१ गते पाँच लाख रुपैयाँ लुटपाट भएको प्रहरीले जनाएको छ ।
यस्तै वडा नम्बर ९ बोडेमा यही असोज ६ गते नाै लाख ८० हजार रुपैयाँ र ८ गते बिहीबार पाँच लाख रुपैयाँ लुटिएको थियो ।
निरन्तर लुटपाटको घटना भएसँगै उनीहरुको खोजीमा आफूहरुले सक्रियता देखाएको र शुक्रबार उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी सुवास बुढाथोकीले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।