चीनसँगको पहिलो अन्तर्देशीय प्रसारण लाइनको फिल्ड भेरिफिकेशनको काम रोकियाे

 असोज १०, २०७७ शनिबार ११:५७:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – चीनसँगको पहिलो अन्तर्देशीय प्रसारण लाइनको फिल्ड भेरिफिकेशनको काम रोकिएको छ ।

६ वर्षभित्र काम सम्पन्न गर्नेगरी दुई वर्ष अघि सुरु भएको प्रसारण लाइनको फिल्ड भेरिफिकेशनको काम कोभिड–१९ का कारण रोकिएको रातमाटे–रसुवागढी–केरुङ ४ सय केभी प्रसारण लाइन आयोजनाले जनाएको छ । एनइए इन्जिनियरिङ कम्पनीले भू सूचना प्रणाली (राउटिङ सिष्टम) बाट अध्ययन गरेर आयोजनालाई प्रारम्भिक प्रतिवेदन बुझाएको भएपनि फिल्ड भेरिफिकेशनको काम रोकिएको हो ।

आयोजना प्रमुख कोमलनाथ आत्रेयले दशैं अघि काम सुरु गर्ने योजना रहेको बताउनुभयो । ‘अहिले फिल्डमा जान सकिने अवस्था छैन’, उहाँले भन्नुभयो, ‘फिल्ड भेरिफिकेशनको काम दशैं अगाडि सुरु हुन्छ कि भन्ने आशा छ । कम्पनीले १४ महिनामा काम सक्ने गरी असार १ गतेदेखि काम सुरु गरेको थियो ।

प्रसारण लाइनमा ५ हजार मेगावट विद्युत् प्रवाह हुने आयोजनाले जनाएको छ । नेपालतर्फ ४ सय केभी डबल सर्किट र चीनतर्फ ५ सय केभी डबल सर्किट लाइन हुने छ । चीनको केरुङदेखि नेपालको रातमाटेसम्म निर्माण हुने आयोजनाको फिजिबिलिटी अध्ययन सकिएको छ ।

यो प्रसारण लाइनमा २ सय १४ ओटा टावर रहने छ । नेपाल तर्फ रातमाटेमा सबस्टेशन रहने छ भने चीनतर्फ तिब्बतमा रहेकाे जिलोङ काउण्टीमा सबस्टेसन राखिने छ । रसुवागढी नाकादेखि रातमाटेसम्मको प्रसारणको दूरी ७० किलोमिटर रहेको छ ।

अन्तर्देशीय प्रसारण लाइन ६ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाले नेपालतर्फ लोड फ्लो टेष्ट गरिसकेको छ भने चीनतर्फ कोभिड–१९ का कारण हुन सकेको छैन् । दुवैतर्फको लोड फ्लो स्टडी भएपछि संयुक्त रूपमा लोड फ्लो टेष्ट गर्ने आयोजनाले जनाएको छ

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया