चन्द्रमाको सतहमा पहिलो पटक महिला पुग्ने योजना सार्वजनिक

 असोज १०, २०७७ शनिबार १५:८:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अबको चार वर्षपछि पहिलो पटक चन्द्रमाको सतहमा महिला पुग्ने संभावना देखिएको छ ।

अमेरिकी अन्तरिक्ष संस्था नासाले सन् २०२४ मा चन्द्रमामा जाने औपचारिक रुपरेखा सार्वजनिक गरेको छ । २८ अर्ब अमेरिकी डलर खर्च हुने योजनामा महिला यात्री पनि सहभागी हुने योजना तयार भएको बीबीसीले जनाएको छ ।

आर्टिमस नाम दिइएको अन्तरिक्ष कार्यक्रममा नासाले पाँच दशकपछि चन्द्रमामा एक पुरुष र एक महिलालाई पठाउन लागेको खबरमा उल्लेख छ । चन्द्र सतहमा यसअघि सन् १९७२ मा अन्तिम पटक मानव पाइला टेकिएको थियो ।अन्तरिक्ष यात्रीहरु ओरीअन नाम दिइएको अपोलोजस्तै यात्रुवाहक यानमा चन्द्रमामा पुग्ने बीबीसीले जनाएको छ ।

अमेरिकाको तल्लो सदनले यसअघि नै एउटा विधेयक अनुमोदन गर्दै चन्द्रमामा अवतरण गर्ने यानको लागि ६० करोड डलर छुट्याएको छ । चन्द्रमामा जाने अन्तरिक्ष यात्रीको चयन प्रक्षेपण हुनुभन्दा कम्तीमा दुई वर्षअघि हुने बताइएको छ । त्यो मिशनले चन्द्रमाको माटो पृथ्वीको प्रयोगशालाका लागि ल्याउने तयारी गर्दैछ ।


 

अन्तिम अपडेट: फागुन २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया