एनपीएल : विराटनगरले दियो जनकपुरलाई १ सय २८ रनको लक्ष्य
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - चालु आर्थिक वर्षकाे दुई महिनामै झण्डै १४ अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । भन्सार विभागका अनुसार साउन र भदौ महिनामा १३ अर्ब ७५ करोड ६६ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ । यसको आधाभन्दा धेरै हिस्सा धान चामलको रहेको छ ।
साउन र भदौमा सात अर्ब ७२ करोड रुपैयाँको धान चामल आयात भएको विभागले जनाएको छ । यसमध्ये झण्डै पाँच अर्ब रुपैयाँको धान चामल भारतबाट मात्रै आयात भएको छ । यस्तै दुई महिनामा ६ अर्ब आठ करोड ५४ लाख रुपैयाँ बराबरको हरियो तरकारी र फलफूल आयात भएको छ ।
यस्तै एक अर्ब ७२ करोड १८ लाख रुपैयाँ बराबरको चिया र कफी आयात भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sushil
Nov. 11, 2020, 3:09 p.m.सरकार भाषण गर्दैमा समृद्द हुँदैन , काम गरेर देखाउनुपर्छ / बेलैमा किसानलाई मद्दत गर्नुस, नत्रभने शतप्रतिशत तरकारी आयात गर्नुपर्ने दिन आउनसक्छ /
SUSHIL
Oct. 27, 2020, 1:03 p.m.यही हो सरकारको परीक्षा ! अरु देशमा किशानले उत्पादन गर्छ र सरकारले किनेर बेच्छ / यहाँ यति नालायक सरकार छ कि मलखाद पनि किनेर ल्याउन सक्दैन खालि भन्ने मात्रै हो ५ वर्षमा मेची महाकाली रेल चलाउँछु / जबसम्म किसानको समस्या हाल हुँदैन, तबसम्मयो अरकार जानेबेला ५० अर्ब भन्दा बढी आयात हुन्छ ..नीति हुनुपर्यो नि राम्रो ..