परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
फागुन २६, २०८१ सोमबार
काठमाण्डौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न आठ वटा निजी प्रयोगशालालाई पीसीआर परीक्षणको शुल्क समायोजन गर्न २४ घण्टे अल्टिमेटम दिएको छ ।
सरकारले तोकेको अधिकतम दुई हजारभन्दा बढी शुल्क लिइरहेका ती प्रयोगशालालाई २४ घण्टे चेतावनी दिएको र यदी २४ घण्टाभित्र समायोजन नभएमा प्रयोगशाला सञ्चालनका लागि दिइएको स्वीकृति खारेज गर्ने मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।
गुणस्तर मापन तथा नियमन महाशाखाको प्रतिवेदनअनुसार एक पटकलाई चेतावनी दिइएको र २४ घण्टाभित्र शुल्क समायोजन नभएमा आवश्यक कारबाहीका लागि वाणिज्य विभाग र गृह मन्त्रालयलाई पत्र लेख्ने निर्णय भएको प्रवक्ता गौतमले बताउनुभयो ।
यस्तै सरकारले तोकेको मापदण्डबाहिरका मानिसको परीक्षण गर्ने, अनुमति नलिएका सङ्घ संस्था तथा बिचौलियाका रुपमा नमुना सङ्कलन गरेको पाइएमा पनि कारबाही गरिने चेतावनी दिइएको छ ।
यी हुन् चेतावनी पाउने अस्पताल–
स्टार अस्पताल, ह्याम्स अस्पताल, बी एण्ड बी अस्पताल, मेडिसिटी अस्पताल, डिकोड जिनोमिक्स एण्ड रिसर्च सेन्टर, सौर्य हेल्थ केयर, सेन्ट्रल डायग्नोस्टिक र इन्ट्राप्रिड डायग्नोस्टिक
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।