रानीपोखरीको बालगोपालेश्वर मन्दिरमा गजुर राखिँदै

 असोज १५, २०७७ बिहीबार १०:२:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा आज गजुर प्रतिस्थापन गरिँदै छ ।

बालगोपालेश्वर मन्दिरमा अस्ति सोमबार गजुर प्रतिस्थापन गर्ने तयारी थियो, तर अन्तिम समयमा आएर बिहीबार बिहान राख्ने गरी स्थगित भएको थियो । प्राधिकरणका सम्पदा विज्ञ एवं रानीपोखरीको पुनर्निर्माणको काम हेर्दै आएका राजुमान मानन्धरका अनुसार आज गजुर प्रतिस्थापन भएसँगै आउँदो भाइटीकामा मन्दिर खुल्ने भएको छ ।

बालगोपालेश्वर मन्दिर हरेक वर्षको भाइटीकामा मात्रै खुल्ने परम्परा छ । तर, भूकम्पपछि भने खोलिएको थिएन । सीएम तुलसी कन्स्ट्रक्सन जेभीले बालगोपालेश्वर मन्दिर पुनर्निर्माणको काम गरेको हो ।

सीएम तुलसी कन्स्ट्रक्सन जेभीसँग गएको असार २४ गते मन्दिर, पुल र पोखरी बाहिरको काम गर्ने गरी १५ करोड रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । पुनर्निर्माण भएको बालगोपालेश्वर मन्दिर ग्रन्थकुट (शिखर) शैलीमा बनेको छ ।

उपभोक्ता समितिले १० करोड र निर्माण व्यवसायीले १५ करोड गरी झण्डै २५ करोड रुपैयाँमा रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम थालिएको थियो ।

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया