१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – कात्तिकको १ गते कार्यकाल सकिने मुख्य सचिव लोकदर्शन रेग्मीले राजीनामा दिएपछि भावी मुख्य सचिवमा तीन जनाको नाम चर्चामा थियो ।
परराष्ट्र सचिव शंकरदास वैरागी, पर्यटन सचिव केदारबहादुर अधिकारी र सार्वजनिक खरिद अनुगमनको कार्यालयका सचिव मोहनकृष्ण सापकोटा मुख्य सचिवको दौडधुपमा हुनुहुन्थ्यो । तीनैजनाको कार्यकाल असोज २२ गते सकिँदै थियो ।
रेग्मीले कात्तिक १ गतेसम्म राजीनामा नदिइ बसेको भए शंकरदास वैरागी, केदारबहादुर अधिकारी र सचिव मोहनकृष्ण सापकोटामध्ये कोही पनि मुख्य सचिव बन्न पाउने थिएनन् ।
तर सरकारकै योजना र आग्रहअनुसार लोकदर्शन रेग्मीले राजीनामा दिनुभयो । सरकारले उहाँलाई बेलायतको लागि राजदूतमा सिफारिस गर्याे । सरकारले शंकरदास वैरागीलाई मुख्यसचिव बनायो । दौडमा रहेका मोहनकृष्ण सापकोटा र केदारबहादुर अधिकारी असोज २२ गते अनिवार्य अवकाशमा जानैपर्ने भयो ।
हामीले सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मोहनकृष्ण सापकोटालाई सोध्यौँ– 'एकै दिन अवकाशमा जानुपर्ने सहकर्मीलाई सरकारले मुख्यसचिव बनायो, दुःख लाग्यो कि खुसी ?'
सापकोटा एकछिन मज्जाले हाँस्नुभयो र भन्नुभयो, ‘सरकारले हामी तीन जना मध्येबाट एक जनालाई मुख्य सचिव बनाउनुपर्ने थियो, वैरागीजीलाई बनायो, यो सामान्य प्रक्रिया हो । मेरा असल मित्र मुख्य सचिव बन्दा म खुसी छु ।’
सापकोटाले यो एउटा नियमित प्रक्रिया भएको र आफूले चित्त दुखाउनुपर्ने कुनै कारण नरहेको पनि बताउनुभयो ।
‘आफ्नै ब्याची ठूलो पदमा पुग्दा कसैले चित्त दुखाउँछन्, राजीनामा दिएका पनि उदाहरण छन् तर मैले त यसलाई निकै सामान्य रुपमा लिएको छु’, सापकोटाले भन्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Ram Bihari Chaudhary
Oct. 1, 2020, 1:54 p.m.विधि र प्रक्रिया मिचेर लाेभमा, म्याच फिक्सिंग गरेर, कुनै देश र जनताकाे भलाे हुदैनन् ? RIP