१९ वर्षमुनिको महिला टी–२० विश्वकप क्रिकेटमा नेपालले आज बङ्गला...
माघ ५, २०८१ शनिबार
काठमाण्डाै – सरकारले अनसनरत डाक्टर गोविन्द केसीलाई अहिले अनशन बस्न उपयुक्त समय नभएको बताएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै अनशनमा बस्नुभएका डा. गोविन्द केसीका अधिकांश माग पूरा हुने चरणमा रहेको भन्दै सत्याग्रह तोड्न आग्रह गरेको हाे ।
बिहीबार मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले कोरोना महामारीको समयमा अनसन बस्नु उपयुक्त नहुने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘एकातिर डाक्टरहरु, सुरक्षाकर्मीहरु कोभिडबाट नागरिकलाई कसरी जोगाउन सकिन्छ भनेर लागिरहनु भएको छ । यो असमान्य अवस्थामा अनसन, सत्याग्रह, धर्ना, हड्ताल यो बेला सुहाउँदो विषय हो र ? पक्कै पनि होइन ।’
साथै उहाँले डाक्टर केसीका अधिकांश माग कार्यान्वयनमा गइसकेको र बाँकी रहेका विषयमा पछि पनि छलफल गर्न सकिने तर अहिले सबै जना कोभिडविरुद्धको लडाइँमा एक हुनुपर्ने बताउनुभयो ।
डा. केसी चिकित्सा क्षेत्रको माग गर्दै केही दिनदेखि जुम्लाबाट सत्याग्रह सुरु गर्दै अहिले काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा रहनुभएको छ । मन्त्री ज्ञवालीले डा. केसीले उठाउनुभएका मागहरु पूरा भएर कार्यान्वयनमा गइसकेकाले सत्याग्रह बस्नुपर्ने अवस्था नरहेको बताउनुभयो । डा. केसीको मागअनुसार चिकित्सा शिक्षासम्बन्धी ऐन बनाइ त्यसको आधारमा उच्चस्तरीय आयोग निर्माण गरिसकेको पनि उहाँले बताउनुभयो ।
त्यस्तै चिकित्सा शिक्षाका लागि गएकाे आर्थिक वर्षमा ७५ प्रतिशत छात्रवृत्ति कार्यान्वयनमा आइसकेको पनि मन्त्री ज्ञवालीले बताउनुभयो । मन्त्री ज्ञवालीले सातवटै प्रदेशमा सरकारी तवरबाट मेडिकल कलेज खोल्न राखेको मागअनुसार सबै प्रदेशमा मेडिकल कलेज सञ्चालनमा आउन लागेको पनि बताउनुभयो ।
अन्य विषयमा पनि सरकारले आफ्नो साधन स्रोतले भ्याएसम्म प्रयत्न गरिरहेको पनि उहाँले बताउनुभयो । पीसीआर परीक्षण बढाउनुपर्ने मागमा पनि सरकारले परीक्षणको दायरालाई बढाइ अहिलेसम्म १० लाख बढीको परीक्षण भइसकेकाले केभिडको महामारीको अवस्थामा पूरा भइसकेका विषयलाई माग बनाएर दबाब नदिन मन्त्री ज्ञवालीले आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।