परराष्ट्रमन्त्री राणा भारत प्रस्थान
फागुन २६, २०८१ सोमबार
काठमाण्डौ – निजी लगानीको यती एअरलाइन्सले १२ वर्षपछि सिमरा उडान भर्ने भएको छ । आफ्नो २२ औँ वार्षिक उत्सवमा घोषणा गरेअनुसार यतीले १२ वर्षपछि यहि २१ गते बुधबारदेखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो ।
कोभिड–१९ को सङ्क्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागिएको एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्ताैलाले बताउनुभएको छ ।
'सिमरा उडान भर्ने विषयमा सम्बन्धित निकायसँग स्वीकृत लिइ असोज २१ देखि दैनिक दुई उडानमार्फत सेवा विस्तार गर्नेछौँ', उहाँले भन्नुभयो, 'विविध कारणले स्थगित भएको उडान १२ वर्षपछि फेरि सञ्चालन गर्न लागेका छौँ । त्यस गन्तव्यमा अब हाम्रो नियमित उडान हुनेछ र यात्रुको चापअनुसार उडान सङ्ख्या थपिने छ ।'
यतीले सिमरामा जेटस्ट्रिम–४१ (Jetstrim-41) विमानमार्फत हरेक दिन बिहान ९ बजे र दिउँसो ४ बजेर ४५ मिनेटमा काठमाण्डौदेखि उडान भर्दैछ । तत्कालका लागि काठमाण्डाै–सिमरा–काठमाण्डौको एकतर्फी भाडा दुई हजार आठ सय रुपैयाँ तोकिएको छ ।
२०५५ सालदेखि यात्रुलाई सेवा प्रदान गर्दै आएको यती एअरलाइन्समा अहिले एटीआर–७२ सिट क्षमताका पाँच, जेटस्ट्रिम–३० सिटका पाँच र भगिनी संस्था तारा एअरका ट्वीनअटर विमान चार गरी १४ विमान सञ्चालनमा रहेका छन् ।
यती एअरलाइन्सका विमानले अहिले पोखरा, विराटनगर, नेपालगञ्ज, भरतपुर, जनकपुर, भद्रपुर, भैरहवा, तुम्लिङटार, काठमाण्डाै र पोखराबाट पर्वतीय उडान तथा तारा एअरले हिमाली तथा पहाडी भाग लुक्ला, फाप्लु, जोमसोम, हुम्ला, जुम्ला, रारा, डोल्पा, बाजुरालगायत विमानस्थलमा सेवा प्रदान गर्दै आएको एअरलाइन्सका प्रवक्ता बर्तौलाले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।