अमेरिकी राष्ट्रपति ट्रम्पकाे स्वास्थ्यमा उल्लेख्य सुधार

 असोज १९, २०७७ सोमबार ६:२१:७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना सङ्क्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अबको केही दिन वास्तविक परीक्षाको घडी हुने बताउनुभएको छ । ट्रम्पको स्वास्थ्यबारे विभिन्न अड्कलबाजीहरु भइरहेका बेला ट्वीटरमा भिडियो पोष्ट गर्दै उहाँले आफ्नो स्वास्थ्यमा सुधार भएको महशुस गरेको बताउनुभएको छ । 

डाक्टरले पनि ट्रम्पको स्वास्थ्य राम्रो भइरहेको र सङ्क्रमण पुष्टि भएयता उल्लेख्य सुधार आएको जनाएका छन् । चार मिनेट लामो भिडियोमा ट्रम्पले वाशिङ्टनमा रहेको द वाल्टर रीड नेशनल मिलिटरी मेडिकल सेन्टरका डाक्टर तथा नर्सहरूलाई धन्यवाद दिनुभएको छ । उहाँले आफू चुनाव प्रचारप्रसारमा फर्किन चाहेको बताउनुभएको छ । 

३ नोभेम्बरमा हुने राष्ट्रपतिय चुनावमा डेमोक्रेटिक उम्मेदवार जो बाइडनसँग ट्रम्प प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । ट्रम्प अस्पतालबाट कहिले डिस्चार्ज हुने भन्ने तय भइसकेको छैन ।  अमेरिकी राष्ट्रपतिको चुनाव  हुन लगभग १ महिना  बाँकी हुँदा ट्रम्प कोरोना भाइरस सङ्क्रमित हुनुभएको हो ।  

 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया