च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डौ – सरकारले २२ दिनदेखि अनशन बसिरहनुभएका डाक्टर गोविन्द केसीको ज्यान लिन खाेजेको भन्दै साझा पार्टीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
साझाले विज्ञप्तिमार्फत डाक्टर केसीको स्वास्थ्य अवस्था बिग्रिँदै गएको अवस्थामा पनि सरकारले कुनै तत्परता नदेखाएको भन्दै तत्काल माग सम्बोधन गरेर जीवनरक्षा गरिदिन आग्रह गरेको छ ।
सहप्रवक्ता शरदराज पाठकले निकाल्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘डा केसीले १९ औँ अनशनमा राखेका कुन चाहिँ माग नाजायज छन् ? छन् भने सरकारले आम जनतालाई व्याख्या गर्नुपर्याे । होइन भने विश्वमै बिरलै भेटिने डा. केसीजस्ता गरिब र निमुखा नागरिकका लागि ज्यानै अर्पण गर्न तयार सत्याग्रहीको माग सरकारले पूरा गर्नुपर्याे ।’
२०६९ सालमा पहिलो अनशन सुरु गर्नुभएयता डाक्टर केसीका सबैजसो मागहरू सत्तापक्ष र प्रतिपक्षले र देशको संविधानले अख्तियार गरेको समाजवादी सोचसँग मिल्ने रहेको भन्दै साझाले तिनै दलले पटक–पटक सरकारको नेतृत्व गर्दा पनि उस्तै माग राखेर फेरि अनशनमा बस्नुपर्ने स्थिति रहिरहनु विडम्बनाको विषय भएको जनाएको छ ।
प्रधानमन्त्री केपी ओली नेतृत्वमा भएको बेलामा मात्रै डाक्टर केसी ६ पटक अनशन बसिसक्नुभएको छ । यो पटक अक्सिजन लिनुपर्ने अवस्थामा पुगिसक्दा पनि वार्ता टोलीसम्म गठन नगरेको साझाले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।