च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – नेपाली कांग्रेसले कोरोना सङ्क्रमणको खतराप्रति सरकार पूरै उदासीन बनेको आरोप लगाएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डाक्टर प्रकाशशरण महतले विज्ञप्ति निकालेर आइसोलेशनमा बस्ने ठाउँ नभएका सङ्क्रमितलाई समेत केही दिनमा सम्पर्क गर्नु भन्दै पन्छाएर खतरा बढाइरहेको बताउनुभएको छ ।
विज्ञप्तिमा सरकारले सङ्क्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गरी परीक्षणको व्यवस्था गर्न नसकेको, लक्षण देखिएकाको सहज उपचार नभएको लगायत समस्या देखिएको भन्दै सरकारलाई सङ्क्रमण रोक्न जिम्मेवार बन्न आग्रह गरिएको छ ।
कांग्रेसले कन्ट्याक्ट ट्रेसिङलाई व्यवस्थित बनाउन, मापदण्डअनुसार बस्ने व्यवस्था नभएका सङ्क्रमितलाई राख्न सरकारले आइसोलेशनको तत्काल व्यवस्था मिलाउनु र्ने र लक्षण देखिएका सङ्क्रमितलाई अस्पतालमा उपचारको व्यवस्था मिलाउनुपर्ने माग गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
gagan thapa pande
Oct. 5, 2020, 4:07 p.m.नेपाली कांग्रेसले ढुकुटीवाट सेवा गर्दा पनि हुन्छ , जे गरेपनि सरकारको मुख ताक्ने बानी नराम्रो हाम्रो पार्टीको /