च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
रुपन्देही – प्रदेश नम्बर ५ को प्रदेश सभा बैठकमा विपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले कुर्सी र टेबुल तोडफोड गरेका छन् ।
सोमबार दोस्रो पटक बसेको बैठकमा कांग्रेस सांसद बैठक सुरु भएलगत्तै रोस्ट्रम घेर्न पुगेका थिए । उनीहरुले संसदीय मर्यादा पालना गर भन्दै नारा पनि लगाएका थिए । कांग्रेस सांसदहरुलाई रोस्ट्रममा जान नदिनका लागि मर्यादापालकहरुलाई हम्मे–हम्मे परेको थियो ।
कांग्रेसको विरोधका बाबजुद प्रदेश सभा बैठकलाई निरन्तरता दिइएको छ । सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाउनुभएकाे हाे ।
सोमबार प्रदेश सभा बैठकमा नाम र राजधानीको टुङ्गो लगाउने कार्यसूची छ । कांग्रसले भने सर्वसत्तावाद लाद्न नपाइने र प्रस्तावित राजधानी दाङ फेर्नुपर्ने बताएका छन् ।
यसअघि १२ बजे बाेलाइएकाे बैठकमा पनि कांग्रेस सांसदले नाराबाजी गरेपछि बैठक केहीबेरका लागि स्थगित गरिएकाे थियाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Bishnu Hari Timilsina
Oct. 5, 2020, 7:09 p.m.प्रजातन्त्रीक शासन व्यवस्था मा भोटिङ सिस्टम बाट बहुमत बाट प्राप्त हुने परिणाम लाइ मानेर जाने प्रजातान्त्रिक संस्कार बिरुद्ध जाने र जनता को रकम बाट किनिएका सम्पत्ति नष्ट गर्ने लाइ हदै सम्मको कारबाही हुनुपर्ने होइन र?