यी तीन वैज्ञानिकलाई यस वर्षकाे भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार

 असोज २०, २०७७ मंगलबार १७:५०:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – सन् २०२० मा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार विजेताको घोषणा गरिएको छ । यस वर्ष यो पुरस्कार रोजन पेनरोज, रेनहार्ड गेनजेल र एन्ड्रिया घेजलाई दिइने भएको छ । पुरस्कार राशिको आधा हिस्सा पेनरोजलाई दिइने छ भने बाँकी आधा रेनहार्ड र एन्ड्रियाले पाउनेछन् ।  

पेनरोजले ब्ल्याक होलको बनावट सापेक्षताको सामान्य सिद्धान्तको एक बलियो पूर्वानुमान हो भन्ने पत्ता लगाएको, गेन्जेल र गेजले तारापुञ्जको बीच भागमा एउटा सुपर म्यासिभ कम्प्याक्ट अब्जेक्छ छ भन्ने पत्ता लगाएबापत पुरस्कार दिइन लागेको नोबेल कमिटीले जनाएको छ । 

बेलायती वैज्ञानिक पेनरोज अक्सफोर्ड विश्वविद्यालयको प्राध्यापक पनि हुन् । जर्मन नागरिक गेन्जेल बर्कली विश्वविद्यालयका प्राध्यापक र अमेरिकी नागरिक गेज क्यालिफोर्निया विश्वविद्यालयकी प्राध्यापक हुन् ।

यसअघि सोमबार चिकित्सातर्फको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरसको खोजी गर्ने हार्भी जे अल्टर, माइकल हटन र चार्ल्स एम राइसलाई दिइने तय भएको छ ।  

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया