अमेरिकी डलर र युरोको भाउ स्थिर, अरु विदेशी मुद्राको भाउ घटबढ
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – चिकित्साशास्त्र र भौतिकशास्त्रपछि यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार विजेताहरुको घोषणा भएको छ । यस वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जिनोम एडिटिङको तरिका विकसित गर्ने इम्यानुएल कारपेन्टियर र जेनिफर ए डुडनालाई दिइने नोबेल पुरस्कार कमिटीले घोषणा गरेको छ ।
जेनिफर डुडनाको जन्म सन् १९६१ मा वाशिङ्टनमा भएको थियो । उनी युनिभर्सिटी अफ् क्यालिफोर्निया बर्कलीमा प्रोफेसर छिन् । त्यस्तै इम्यानुएल कारपेन्टियरको जन्म सन् १९६८ मा फ्रान्सको जुबिसी–सर–ओर्गमा भएको थियो । उनी जर्मनीको बर्लिनमा म्याक्स प्लङ्क युनिट फर दि साइन्स अफ प्याथोजेन्सकी निर्देशक हुन् ।
नोबेल पुरस्कार समितिको तर्फबाट निकालिएको विज्ञप्तिअनुसार कारपेन्टियर र जेनिफरले जिन टेक्नोलोजीको सबैभन्दा तीव्र उपकरण क्रिस्पर क्यास९ जेनेटिक सिसर को खोज गरेका छन् । यस प्रविधिले जीव विज्ञानमा एक क्रान्तिकारी प्रभाव पारेको छ ।
यी दुई जनाले विकसित गरेको प्रविधिको उपयोग गर्दै शोधकर्ताहरुले जनावर, बोटबिरुवा र सुक्ष्म जीवहरुको डीएनएमा अत्यधिक उच्च शुद्धतासहित परिवर्तन गर्न सक्छन् ।
विश्वको सर्वाेच्च पुरस्कार भनिने नोबेल पुरस्कार प्रत्येक वर्ष चिकित्सा, भौतिक, रसायन, शान्ति, अर्थशास्त्र र साहित्यमा दिइँदै आएको छ । यो वर्ष चिकित्साको क्षेत्रमा यो पुरस्कार हेपाटाइटिस सी भाइरस खोज गर्ने हार्भी जे अल्टर, माइकल ह्युटन र चार्ल्स एम राइसलाई दिने घोषणा गरिएको छ ।
साथै भौतिकशास्त्रको पुरस्कार रोजन पेनरोज, रेनहार्ड गेनजेल र एन्ड्रिया घेजलाई दिइने भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।