ललितपुरका विभिन्न ठाउँमा विद्युत् आपूर्ति बन्द

 असोज २१, २०७७ बुधबार २०:५२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

ललितपुर – ललितपुरको सुनाकोठी, नख्खिपोट, चापागाउँ, लेलेलगायतका क्षेत्रमा बुधबार दिउँसाेदेखि बिजुली आपूर्ति बन्द भएकाे छ ।

नेपाल विद्युत् प्राधिकरणको लगनखेलमा रहेको पाटन सबस्टेशन अन्तर्गतको चापागाउँ फिडरबाट वितरण भएको लाइनमा खराबी आएकाले दक्षिण ललितपुरका धेरै ठाउँमा बिजुलीको आपूर्ति बन्द भएको नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार यी क्षेत्रमा दिउँसो ३ बजेदेखि बिजुलीको आपूर्ति हुन सकेको छैन ।

वितरण लाइनको कुन ठाउँमा खराबी आयो भन्ने यकिन नहुँदा मर्मतमा समस्या भएको छ । दिउँसाेदेखि नै प्राविधिकको टोली मर्मतमा खटिए पनि समस्या पत्ता लगाउन नसक्दा कठिनाइ भएको प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले बताउनुभयो । अहिले पनि प्राविधिकको टोलीले काम गरिरहेका उहाँले जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • मदन तिम्सिना

    Oct. 8, 2020, 3:14 a.m.

    आज दिउँसो २:४५ बजेबाट ललितपुर क्षेत्रमा चापागाउ फिडर ११केभी बिद्युत बितरण लाइन earth fault को कारण ट्रीप भएपछि दक्षिण ल.पु., चापागाउ, नखिपोट, सुनाकोठी, लेले लगायतका क्षेत्रमा विध्युत आपुर्ती अवरुद्ध भएको छ। मर्मतको लागि प्राबिधिक टिम अहिले राती पनि फिल्डमा खटिइरहेको छ । ग्राहकवर्गमा पर्न गएको असुविधाको लागि प्राधिकरण क्षमा प्रार्थी छ। -प्रवक्ता, नेविप्रा ; (२०७७/६/२१, रातको ९:५० बजे)। •••• •••••••••••• अपडेट: उक्त मर्मत टोलीको अनवरत प्रयासपछि फल्ट पत्ता लगाइ आवशय्क मर्मत सम्भार पश्चात् रातको ११:०५ बजेबाट सो सम्पुर्ण लाइनमा विध्युत आपुर्ति सुचारु भइसकेको छ। धैर्यताको लागि सो क्षेत्रका ग्राहकवर्गमा हार्दिक धञ्य्वाद।(स्रोत: केन्द्र प्रमुख, लगनखेल वि.के.) ।

  •  0 Reply
  • Gorkhe Sahilo

    Oct. 7, 2020, 9:05 p.m.

    यसो बालुवाटारतिर पनि बत्ति काटे हुन्थ्यो नि ...अनि बल्ल ओलीबाले बुझ्नुहुन्थ्यो कि ....

  •  0 Reply

तपाईको प्रतिक्रिया