अमेरिकी डलर र युरोको भाउ स्थिर, अरु विदेशी मुद्राको भाउ घटबढ
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – यस वर्षको नोबेल शान्ति पुरस्कार संयुक्त राष्ट्र सङ्घको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई दिइने भएको छ । भोकमरीविरुद्ध लड्ने प्रयासको लागि डब्ल्यूएफपीलाई पुरस्कार दिइने भएको हो ।
नर्वेजियन नोबेल समितिले भनेको छ– ‘डब्ल्यूएफपीले युद्ध र सङ्घर्षको हतियारको रुपमा भोकको उपयोग रोक्ने प्रयासलाई एक प्रेरक शक्तिको रुपमा लिन सकिन्छ ।’
यो पुरस्कारको राशि १२ करोड नेपाली रुपैयाँभन्दा धेरै छ ।
१ सय १ औँ पुरस्कार जित्ने विजेताको नाम नर्वेजियन नोबेल इन्स्टिच्युट ओस्लोमा भएको हा ।
पुरस्कार घोषणपछि डब्ल्यूएफपीका प्रवक्ताले भने, ‘यो हाम्रो लागि गर्वको क्षण हो ।’
बर्सेनि ८८ देशका नौ करोड ७० लाख नागरिकलाई सहयोग गर्दै आएको डब्ल्यूएफपीले जनाएको छ ।
गएकाे वर्ष याे पुरस्कार इथियाेपियाका प्रधानमन्त्री अबी अहमदलाई प्रदान गरिएकाे थियाे । छिमेकी देश इरिट्रियासँगको सीमा विवाद साम्य पारेर शान्ति र अन्तर्राष्ट्रिय सहकार्यमा सहयोग पुर्याएबापत प्रधानमन्त्री अहमदलाई शान्ति पुरस्कार प्रदान गरिएको नर्वेको नोबेल कमिटीले बताएको छ ।
यसअघि चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र साहित्य का विजेताको नाम घोषणा भइसकेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।