काठमाण्डौको तारकेश्वरमा बसको ढोकाबाट खसेर दुई जनाको ज्यान गयो
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – प्रभु हेलिकप्टर प्रालीले ल्याएको नयाँ एअरबस हेलिकप्टर एच १२५ ए एस ३५० बी ३ ई ले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेको छ ।
स्थापनाको पाँच वर्षमा यो एअरबस हेलिकप्टरसँगै प्रभुसँग हेलिकप्टरको सङ्ख्या ६ पुगेको छ ।
प्रभुले नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरेर गएको चैत्र ११ गते नयाँ हेलिकप्टर भित्र्याएको थियो । कोरोनाका कारण औपचारिक प्रक्रिया पूरा गर्न ढिला भएको प्रभु हेलिकप्टरका डेपुटी जनरल म्यानेजर नोबलकुमार राजलवटले बताउनुभयो ।
कल साइन ९ एन–एनएलई रहेकोे हेलिकप्टर ६ सिट क्षमताको रहेको छ । यो हेलिकप्टर नेपाली भूभागको लगि योग्य हेलिकप्टर रहेको राजलवटको भनाइ छ ।
हिमाली क्षेत्रको दृश्यावलोकन र धार्मिक क्षेत्रमा पर्यटकीय उडान गर्दै आएको प्रभु हेलिकप्टरले पोखराबाट अन्नपूर्ण बेस क्याम्प, माछापुच्छ्रे बेस क्याम्प, मर्दी हिमाल, मुक्तिनाथ, रारा र काठमाण्डाैबाट लुक्ला, पाथीभरा, हलेसी महादेव, कालिञ्चाेककाे सेवा दिंदै आएको छ ।
प्रभु हेलिकप्टरले गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयसँगको समन्वयमा गर्भवती र सुत्केरीको आपत्कालीन उद्धारसमेत गर्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।