काठमाण्डौको तारकेश्वरमा बसको ढोकाबाट खसेर दुई जनाको ज्यान गयो
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – बैंकिङ कसुर मुद्दामा कैद र जरिबाना ठहर भएपछि भागिरहेका गोरखाको गोरखा नगरपालिका ६ का राजेशबाबु श्रेष्ठ पक्राउ परेका छन् । उनलाई चितवनबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।
उच्च अदालत पाटनले गएको जेठ ३० गते श्रेष्ठलाई १५ दिन कैद र ३४ लाख रुपैयाँ जरिबाना ठहर गरेको थियो ।
२०७५ सालमा आफ्नो खातामा पर्याप्त रकम नभएको थाहा हुँदाहुँदै दीपा थपलियालाई विभिन्न बैंकहरुको चेक काटेर दिएर झुक्याएर उनले बैंकिङ कसुर गरेको प्रहरीले जनाएको छ । उनलाई फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा पेस गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।