काठमाण्डौको तारकेश्वरमा बसको ढोकाबाट खसेर दुई जनाको ज्यान गयो
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – नेपाल वायु सेवा निगमका नवनियुक्त महाप्रबन्धक डिमप्रसाद पौडेलले पदभार ग्रहण गर्नुभएको छ । उहाँलाई नेपाल सरकारले चार वर्षको लागि निगमको महाप्रबन्धकमा नियुक्त गरेको छ ।
चार्टर्ड एकाउन्टेन्टका साथै व्यवस्थापन विज्ञ रहनुभएका पौडेल यसअघि निगम सञ्चालक समितिको सदस्य हुनुहुन्थ्यो । पदभार ग्रहण कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष सुशील घिमिरेले निगमले व्यवस्थापन विज्ञ र युवा महाप्रबन्धक पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
घिमिरेले कोरोना महामारीको अवस्थामा पनि निगमले उल्लेखनीय सेवा प्रदान गर्दै आएकोमा प्रसन्नता व्यक्त गर्दै पारस्परिक सल्लाह र समझदारीको आधारमा नयाँ महाप्रबन्धकको नियुक्ति भएकोले मिलेर काम गर्ने विश्वास दिलाउनुभयो ।
नव नियुक्त महाप्रबन्धक डिमप्रसाद पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नयाँ भए पनि सरकारले विश्वास गरी नयाँ जिम्मेवारी प्रदान गरेकोमा आभार व्यक्त गर्नुभयो । उहाँले निगमलाई गतिशील बनाउन एक्लो प्रयास पर्याप्त नहुने सन्दर्भमा सबैको सहयोगको अपेक्षा गर्दै निगममा विमान थप गरी सञ्चालन मुनाफाको प्रत्याभूति गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले परम्परागत शैलीमा काम गरेर अपेक्षित उपलब्धि हासिल गर्न नसकिने उल्लेख गर्दै फरक ढङ्गले सिर्जनात्मक काम गर्नुपर्ने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
sushil
Oct. 27, 2020, 12:53 p.m.खोइ मलाई त विश्वास लागेन प्रभु ....नेपाल एयरलाइन्स नाफामा लाने भनेर चीनवाट वाइ १२ एयरक्राफ्ट ल्याएको होइन ..उडान कम ग्राउन्डेड धेरै हुन्छ , अनि जान्छ त नाफामा / मन्त्रीज्यू हाम्रो मान्छे राखेपनि राम्रो राख्नु होस् , किनेको जहाज पहिले राम्रोसँग चलाउनुस अनि बल्ल किनौ ल / कति कमिसनको पिछा परेको ? कहिलेकाहीँ त देशको लागि सोचौं न ..के फरक पर्ला ....