अमेरिकी डलर र युरोको भाउ स्थिर, अरु विदेशी मुद्राको भाउ घटबढ
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – बङ्ग्लादेशमा बलात्कारमा संलग्नलाई मृत्युदण्डसम्मको सजाय हुने सक्ने प्रावधान राखिएकाे छ । बङ्ग्लादेशमा कानुन संशोधन गरी बलात्कारको अपराधमा अधिकतम सजायका रूपमा मृत्युदण्ड दिन सकिने प्रावधान राखिएको बीबीसीले जनाएको छ ।
बङ्ग्लादेशका कानुनमन्त्री अनिसुल हकले संशोधित कानुन राष्ट्रपतिबाट मङ्गलबार जारी हुने र तत्काल लागू हुने बताउनुभएको छ ।
गएको हप्ता एक महिलाको सामूहिक बलात्कार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी विरोध प्रदर्शन सुरु भएको थियो । त्यसपछि प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा मङ्गलबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशबाट नयाँ कानुन ल्याउने निर्णय गरेको हो ।
ऐन ओ सलिश केन्द्र नामक एउटा मानव अधिकारवादी संस्थाका अनुसार नौ महिनाको अवधिमा बङ्ग्लादेशमा कम्तीमा नाै सय ७५ जना महिला बलात्कृत भएका थिए । तीमध्ये दुई सयभन्दा बढी घटना सामूहिक बलात्कारका छन् ।
पीडितमध्ये ४३ जनाको हत्या भएको र १२ जनाले आत्महत्या गरेकाे तथ्याङ्क छ । बङ्ग्लादेशमा बलात्कारको मुद्दामा एक प्रतिशतभन्दा कम आरोपित मात्रै दोषी ठहर हुने गरेको मानव अधिकारवादी संस्था ह्युमन राइट्स वाचले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।