आज केही ठाउँमा हल्का वर्षा र हिउँ पर्ने सम्भावना
फागुन २६, २०८१ सोमबार
काठमाण्डाै – सरकारले काेराेना बीमा गरेका व्यक्तिको कोरोना परीक्षण तथा उपचार शुल्क बीमा रकमबाट कटाउने भएको छ ।
कोरोना प्रयोगशाला परीक्षण निर्देशिकाको पाँचौँ पटक संशाेधन गर्दै स्वास्थ्य मन्त्रालयले बीमा गरेका व्यक्तिको परीक्षण तथा उपचार शुल्क बीमा रकमबाट काटिने व्यवस्था गरेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
निर्देशिकामा आर्थिक रुपले विपन्न, असहाय एकल महिला, ज्येष्ठ नागरिक, अति अपाङ्ग व्यक्ति, अग्रपङ्क्तिमा काम गरिरहेका व्यक्ति, सुरक्षाकर्मी, सरसफाइकर्मी लगायत जोखिम क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुलाई लक्षण वा चिह्न देखिएमा निःशुल्क परीक्षण गर्ने व्यवस्था छ । तर उनीहरुमा कोरोना पुष्टि भएमा परीक्षण तथा उपचार शुल्क यदि बीमा गरेको भए बीमा रकमबाट काट्ने व्यवस्था गरेको प्रवक्ता गौतमले बताउनुभयो ।
यस्तै मन्त्रालयले निदानात्मक प्रयोजनका लागि पीसीआर र एन्टिजेन्ट परीक्षण गर्ने र अनुसन्धान प्रयोजनका लागि सेरोलोजी विधिको परीक्षण गर्ने व्यवस्था गरेको छ ।एन्टिजेन्ट परीक्षण विभिन्न उपचारका लागि तुरुन्त रिपोर्ट चाहिएमा, स्क्रिनङ तथा समूहगत आवासमा रहेकाहरुका लागि प्रयोग गर्ने निर्णय भएको प्रवक्ता गौतमले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।