च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
एघारौ पटक मन्त्रिपरिषद पुनर्गठन गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग मन्त्रालयको जिम्मेवारी साटफेर गर्नुभएको छ ।
अर्थात पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालय आफूले लिएर प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको जिम्मेवारी पोखरेललाई दिनुभएको छ । मन्त्रिपरिषदमा यसअघि नभएको यस्तो अभ्यासलाई लिएर धेरैले धेरैथरी अड्कलबाजी लगाएका छन् ।
कसैले यसलाई पोखरेलको पद खोसिएको, विना विभागीय मन्त्रीको हैसियतमा खसालिएको विश्लेषण गरेका छन् । कसैले भने पोखरेललाई प्रधानमन्त्री आफैले हेरिरहेको कामको जिम्मेवारी थपेर उहाँलाई आफ्नो उत्तराधिकारीको रुपमा अघि बढाएको अर्थ लगाएका छन् ।
मन्त्रिपरिषद पुनर्गठन भएको दिन बुधबार राति अबेर पोखे्रलले ट्वीट गर्नुभएको छ : विकसित परिस्थिति र घटना( प्रशंगका सम्वन्धमा मानिसहरूका बुझाइ, विश्लेषण र अभिव्यक्तिर टिप्पणी हेर्दै..... बुझ्ने कोशिस गर्दै !!!
विकसित परिस्थिति र घटना- प्रशंगका सम्वन्धमा मानिसहरूका बुझाइ, विश्लेषण र अभिव्यक्ति/ टिप्पणी हेर्दै .... बुझ्ने कोशिस गर्दै ..!!!!!
— Ishwar Pokhrel (@IshwarPokhrel) October 14, 2020
पोखरेलको यो ट्वीटमा पनि कसैले पोखरेल जोडिएका ओम्नी, सम्धी, सेनाको विवादित खरीद, द्रुतमार्ग काण्डका फेहरिस्त हालेर त्यसैका कारण प्रधानमन्त्रीले पद घटुवा गरेको दावी गरेका छन् । कतिपयले भने गौरवका आयोजना समयमै सम्पन्न गर्न, प्रधानमन्त्री कार्यालयमा केन्द्रिकृत शक्तिको अभ्यास गर्न नभ्याएका कारण विभागहरुको समन्वय गर्न तथा प्रदेशसँगको समन्वयको लागि प्रधानमन्त्रीले आफ्नो उत्तराधिकारीको रुपमा जिम्मेवारी थपेको भनेका छन्।
अहिले प्रधानमन्त्री कार्यालय अन्तर्गत सम्पत्ति शुद्धीकरण, राजश्व न्यायाधिकरण, राष्ट्रिय अनुसन्धान लगायतका महत्वपूर्ण विभाग छन् । यस्तै राष्ट्रिय गौरवका आयोजनाको अनुगमन, प्रदेशसँगको समन्वय लगायतका विकास निर्माण र जनचासोका महत्वपूर्ण काम पनि प्रधानमन्त्री कार्यालयबाटै हुँदै आएका छन् ।
आफ्नो स्वास्थ्य अवस्था र व्यस्तताका कारण समयमै सबै काममा ध्यान दिन नसकेकाले प्रधानमन्त्रीले पोखरेललाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी दिएको उहाँका शुभचिन्तकहरुको दावी र विश्लेषण छ । तर अर्काथरीको बुझाईमा रक्षा मन्त्रालयको जिम्मेवारी सम्हाल्दा पोखरेलले कार्यसम्पादन राम्रो नगरेको र विवादमा आएकोले प्रधानमन्त्रीले जिम्मेवारी खोसेर विना विभागीयको हैसियतमा राखेको टिप्पणी गरेका छन् ।
मन्त्री बन्ने चाहना राखेका वामदेव गौतमलाई थप जिम्मेवारी दिन तत्काल सर्वोच्चले रोकेकोले पछि उहाँलाई ठाउँ दिन प्रधानमन्त्रीले रक्षा मन्त्रालय आफूसँग राखेको र पोखरेललाई छोड्न दबाब दिएको भन्नेहरु पनि छन् ।
तर पार्टीभित्रको विवाद बल्झाउनेगरी एकलौटी रुपमा मन्त्रिपरिषद पुनर्गठन गरेर पोखरेलको जिम्मेवारी साटफेर गर्ने प्रधानमन्त्रीको सन्देश के हो भन्ने गुदी कुरो चाहिँ ठम्याउन सकिएको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।