च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डाै – नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले बिहीबार अर्थ मन्त्रालय पुगेर पदभार ग्रहण गर्नुभएको छ ।
बिहीबार शीतल निवास राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको सपथ ग्रहण गरेलगत्तै मन्त्री पाैडेलले मन्त्रालय पुगेर पदभार सम्हाल्नुभएको हो ।
मन्त्री पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार राष्ट्रपति भण्डारीले अर्थमन्त्री नियुक्त गर्नुभएको थियो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिवसमेत रहनुभएका पौडेल अर्थमन्त्रीमा दोस्रो पटक नियुक्त हुनुभएको हो ।
यसअघि भूकम्प, मधेश आन्दोलन र भारतको नाकाबन्दीका कारण धरासायी भएको बेला (२०७२ कात्तिक १९ गते ) मा अर्थतन्त्रको बागडोर सम्हाल्नुभएको थियो । अहिले पनि कोरोना भाइरसका कारण अर्थतन्त्रमा गम्भीर असर परेको अवस्थामा फेरि अर्थमन्त्रीको बागडोर सम्हाल्ने जिम्मेवारीमा पौडेल आइपुग्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।