पुलिसलाई हराउँदै आर्मीले जित्यो इन्डो–नेपाल भलिबलको उपाधि
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – सामाजिक सञ्जाल फेसबुकमा रेपर एसोसिएशन (बलात्कारी संगठन) नामक पेज तथा समूह बनाएर चलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
प्युठानको झिम्रुक गाउँपालिका ७ घर भई नवलपुरको कावासोती नगरपालिका बस्ने १९ वर्षीय नवीन बस्नेतलाई नवलपरासी प्रहरीको सहयोगमा साइबर ब्युरोले शुक्रबार कावासोतीबाट पक्राउ गरेको हो ।
पक्राउ परेका युवकले अश्लिल, आपत्तिजनक सामग्री पोस्ट गर्ने, प्रतिक्रिया जनाउने लगायतका काम गर्दै आएको ब्युरोले जनाएको छ ।
युवकमाथि विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा १ बमोजिमको कसुर गरेको भन्दै जिल्ला अदालत काठमाण्डौबाट पक्राउ पुर्जी जारी भएको थियो । अहिले उनीमाथि अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।