काठमाण्डौलाई हराउँदै जनकपुर एक खेलअघि नै प्लेअफमा
मंसिर २७, २०८१ बिहिबार
दाङ – दाङको बंगलाचुली गाउँपालिकाले चालू आर्थिक वर्ष २०७७/०७८ को लागि छनौट भएका योजनाहरुलाई श्रमको माध्यमबाट सम्पन्न गर्ने भएको छ ।
गाउँपालिकाको ८ वटै वडामा छनौट भएका विकास निर्माणका योजनाहरुमा उपभोक्ता समिति मार्फत स्थानीयहरुलाई श्रमिकहरुलाई लगाई योजना सम्पन्न गर्ने रणनीति लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेव बहादुर वलीले जानकारी दिनु भयो । विकास निर्माणका योजनाहरुमा डोजर लगाउँदा स्थानीय बेरोजगार भएको हुँदा गाउँपालिकाले श्रममा आधारित योजना सञ्चालन गरेको उहाँकाे भनाइ छ ।
श्रममा आधारित योजनाले कोभिड-१९ का कारण गाउँघरमा रहेका बेरोजगार जनशक्तिले रोजगारी पाउने र उनीहरुको आर्थिक अवस्थामा सुधार ल्याउने अपेक्षा राखिएको वलीले बताउनुभयो ।
अब बंगलाचुलीका उपभोक्ता समितिका पदाधिकारीहरुले छनोट भएका योजनाहरु सम्पन्न गर्दा डोजर र स्काभेटर बिनै काम गर्नु पर्ने छ । गाउँपालिकाका ८ वटै वडाका उपभोक्ता समितिका पदाधिकारीहरुले योजनाहरु सम्पन्न गर्न डोजर र स्काभेटर प्रयोग गर्न नपाउने प्रमुख प्रशासकीय अधिकृत नेवबहादुर वलीले बताउनु भयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।