मङ्सिर १५ गते एकैपटक ६ सय ४९ अस्पताल शिलान्यास हुने

 कात्तिक ४, २०७७ मंगलबार ८:२६:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशभरिका ६ सय ४९ पालिकामा एकैपटक अस्पताल शिलान्यास हुने भएको छ । यही मंसिर १५ गते एकैपटक अस्पतालको शिलान्यास हुन लागेको हो ।

आधारभूत स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकारले सबै पालिकामा पाँचदेखि १५ शैय्याको अस्पताल निर्माण गर्ने नीति अनुसार अस्पताल भवनको शिलान्यास गर्न लागेको हो ।

अस्पताल निर्माणका लागि ६ सय ४९ वटै पालिकामा बजेट उपलब्ध गराएको अर्थ मन्त्रालयले जनाएको छ । ७ सय ५३ मध्ये बाँकी १ सय ४ वटा पालिकामा यसअघि नै आधारभूत अस्पतालको संरचना रहेको छ । अस्पताल भवन निर्माणको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डिजाइन तयार गरी सबै पालिकामा उपलब्ध गराउने निर्णय भएको अर्थ मन्त्रालयका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिनुभयो ।

गएको भदौमा नै सबै पालिकामा आधारभूत अस्पताल गर्न आवश्यक स्रोत साधन र बजेट परिचालनको तयारी गरिएको थियो । तर आवश्यक डाक्टर र  स्वास्थ्यकर्मीसहित स्वास्थ्य सामग्री उपलब्ध नहुँदा निर्णय समेत कार्यान्वयन हुन सकेको छैन ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालसहितको आइतबारको बैठकले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने आईसीयू, भेन्टिलेटर लगायतका उपकरण तत्काल खरिद गर्ने गरी तयार भएको कार्ययोजना स्वास्थ्य मन्त्रालयले अगाडि बढाउने र कार्ययोजना कार्यान्वयनको आर्थिक व्यवस्थापन अर्थ मन्त्रालयले मिलाउने सहमति भएको पनि अर्थ मन्त्रालयका प्रवक्ता दंगालले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया