भारतले एकपक्षीय रुपमा वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव

 कात्तिक ७, २०७७ शुक्रबार ७:१५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतले एकपक्षीय रुपमा वीरगञ्ज नाका खोलेपछि सीमाक्षेत्रमा तनाव उत्पन्न भएको छ ।

दुई देशको सीमामा रहेको रक्सौल कस्टमले बिहान ६ बजेदेखि नाका खुल्ला गरेपछि भारतबाट नेपालतर्फ आउनेलाई नेपाली सुरक्षाकर्मीले रोक्दा तनाव उत्पन्न भएको हो ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणको लागि गएको चैत ११ गतेदेखि बिना अनुमति सर्वसाधारलाई नेपाल भित्रिन रोक लगाइएकामा भारतीय पक्षले नाका खोलेपछि भारतबाट नेपाल भित्रिन ठूलो सङ्ख्यामा सर्वसाधारण सीमाक्षेत्रमा जम्मा भएका छन् ।

निजी गाडीमा सवार सयौँ व्यक्ति वीरगञ्जको मितेरी पुलमा जम्मा भएपछि उनीहरुलाई रोक्न नेपाली सुरक्षाकर्मीलाई हम्मेहम्मे परेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले आउँदो ३० गतेसम्म सीमा नाकाबाट आवागमन बन्द राखिने नेपाल सरकारको निर्माण भएकाले त्यसको कार्यान्वयन हुने बताउनुभयो ।


 

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया