च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै – आइतबार देशका धेरैजसो ठाउँको मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही ठाउँको मौसम भने आंशिकदेखि सामान्य बदली हुने मौसमविद्ले बताएका छन् ।
मौसमविद् गङ्गा नगरकोटीका अनुसार आइतबार प्रदेश १ का केही ठाउँमा हल्का वर्षाको सम्भावना छ । यस्तै, गण्डकी प्रदेश र वाग्मती प्रदेशका केही ठाउँको मौसम पनि बदली हुने सम्भावना रहेको उहाँले बताउनुभयो । देशका अरु बाँकी ठाउँको भने मौसम सफा रहनेछ ।
दशैँमा पानी पार्ने प्रणाली विकसित हुने अवस्था नरहेकाले मौसम घमाइलो हुने मौसमविद्ले बताएका छन् । दिउँसाेको समयमा घाम लागेर गर्मी हुन थाले पनि बिहान र बेलुकाको समयमा चिसो बढेको छ ।
आइतबार काठमाण्डौको न्यूनतम तापक्रम १२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।