न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
काठमाण्डाै – सरकारले दशैँको बिदामा पनि बजार अनुगमनलाई निरन्तरता दिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले दशैँ बिदामा पनि बजार अनुगमन निरन्तर भइरहेको जनाएको छ ।
दशैँको चहलपहल र किनमेल बढेका बेला मौकाको फाइदा उठाएर व्यापारीले उपभोक्ता ठग्ने भएकाले अनुगमन नरोकिएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले बताउनुभयो । उहाँका अनुसार विभागले बजार अनुगमन निर्देशक रवीन्द्र आचार्यको नेतृत्वमा टोली बनाएको छ । टोलीले जुनसुकै समयमा पनि बजार अनुगमन गरेर अनुचित क्रियाकलाप गर्ने व्यापारीलाई कारबाही गर्नेछ ।
नियमित रुपमा पाँच/छ वटा टोलीले बजार अनुगमन गर्दै आएको तर आफूहरु ठगिएको उपभोक्ताको गुनासो पनि निरन्तर आइरहेको महानिर्देशक सुवेदीले बताउनुभयो । विभागका अनुसार नियमित तथा विभागमा आएका गुनासाका आधारमा काठमाण्डौ उपत्यकामा विभिन्न ठाउँमा अनुगमन टोली परिचालित भएका छन् ।
महानिर्देशक सुवेदीले यसअघि देखिने गरी अनुगमनमा जाने गरेकामा दशैँका बेला कर्मचारी नै उपभोक्ताको रुपमा अनुगमनमा निस्कने उहाँले बताउनुभयो । साथै उहाँले सचेत तथा जिम्मेवार उपभोक्तालाई कुनै व्यापारीबाट मौका छोपेर कालोबजारी वा अनुचित व्यापारिक क्रियाकलाप भएमा टोल फ्री नम्बर ११३७ मा गुनासो गर्न आग्रह गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।