१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – साझा पार्टीका संयोजक रविन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको खुफिया एजेन्सीको प्रमुखसँग भेट गरेर प्रधानमन्त्री पदकै अपमान गरेको बताउनुभएको छ ।
संयोजक मिश्रले भारतले नेपालका प्रधानमन्त्रीलाई आफ्नो खुफिया एजेन्सीको प्रमुखको तहमा झारेको हो ? भनेर सामाजिक सञ्जालमार्फत परराष्ट्रमन्त्रीलाई प्रश्न सोध्नुभएको छ । उहाँले भारतीय खुफिया एजेन्सी 'रिसर्च एन्ड एनलाइसिस विङ' अर्थात् ‘रअ’का प्रमुख सामन्तकुमार गोयलको भ्रमणलाई सरकारले ढाकछोप गरिरहेको आरोप पनि लगाउनुभएको छ ।
उहाँले अहिलको सामान्य अवस्थामा भारतीय प्रधानमन्त्रीले आफ्ना गुप्तचर प्रमुखलाई विशेष विमानद्वारा नेपालका प्रधानमन्त्रीलाई भेट्न पठाउनु नेपालका प्रधानमन्त्रीलाई हेपेको हो कि होइन ? भनेर पनि प्रश्न गर्नुभएको छ ।
रअ प्रमुख गोयल गत बुधबार काठमाण्डाै आउनुभएको थियो । उहाँले बुधबार राति प्रधानमन्त्री ओलीसँग छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।