अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री भारत आउँदै

 कात्तिक १०, २०७७ सोमबार १२:३२:४५ | एजेन्सी
unn.prixa.net

अमेरिकी विदेशमन्त्री  र रक्षामन्त्री भाेलि भारत आउने भएका छन् ।

भारत र अमेरिकाबीच भोलि दिल्लीमा मन्त्रीस्तरीय बैठक हुने भएको छ । बैठकका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पियो र रक्षामन्त्री मार्क एस्पर भारत आउँदै हुनुहुन्छ ।

दुई देशका बीचमा रक्षा, सुरक्षा र विश्वको रणनीतिका विषयमा छलफल हुने भारतीय सञ्चारमाध्मले जनाएका छन् । कोरोना महामारी तथा चीन र अमेरिका तथा भारत र चीनका बीचमा विवाद भैरहेका बेला वार्ता हुन लागेको हो ।

भारतका तर्फबाट रक्षामन्त्री राजनाथ सिंह र विदेशमन्त्री एस जयशंकरले बैठकमा प्रतिनिधित्व गर्नुहुनेछ । भारत र अमेरिकाबीचको यो तेस्रो उच्चस्तरीय बैठक हुन लागेको हो ।

अमेरिकी विदेशमन्त्री पोम्पेओले स्वतन्त्र र खुला इण्डाे-प्यासिफिक क्षेत्रका देशहरुबीच अझ स्वतन्त्र, सुदृढ र समृद्धिमा साझा धारणा बनाउनु भ्रमणको मुख्य उद्देश्य हुने बताउनुभएको छ ।

यसअघि सेप्टेम्बर २०१८ मा नयाँदिल्लीमा र सन् २०१९ मा वासिङट्न डिसीमा दुई देशबीच मन्त्रीस्तरीय बैठक भएको थियो ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया