काेराेनाका कारण जागिर गुमाएका पत्रकारलाई लेखनवृत्ति दिन महासङ्घकाे माग

 कात्तिक १३, २०७७ बिहीबार १४:१३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घले कोरोना महामारीका कारण जागिर गुमाएका र बेतलबी बिदामा रहेका श्रमजीवी पत्रकारहरुलाई लेखनवृत्तिसहित वैकल्पिक व्यवस्था गर्न सरकारसँग माग गरेको छ । 

बिहीबार अर्थ मन्त्रालयमा मन्त्री विष्णु पौडेललाई सुझाव पत्र बुझाउँदै महासङ्घले श्रमजीवी पत्रकार ऐन र नियमावली कार्यान्वयन गर्ने सञ्चार माध्यमलाई सहुलियतपूर्ण ऋण उपलब्ध गराउनसमेत माग गरेको छ । 

सञ्चार गृहहरूलाई पत्रकारको पारिश्रमिक भुक्तानी र सञ्चार माध्यम सञ्चालनका लागि आवश्यक परेमा सहुलियतपूर्ण ऋण व्यवस्था गर्नुपर्ने र ऐन कार्यान्वयन नगर्ने सञ्चार गृहलाई सरकारका तर्फबाट उपलब्ध हुँदै आएका सुविधा, सहुलियत र विज्ञापन उपलब्ध नगराउन पनि आग्रह गरेको छ ।

सुझाव पत्र बुझ्दै अर्थमन्त्री पौडेलले महासङ्घले दिएको सबै सुझावहरु उचित रहेकाले कार्यान्वयनका लागि मन्त्रालयको टिम र अन्य सरोकारवालाहरुसँग छलफल गर्ने बताउनुभयो । महासङ्घले दिएका सुझाव सजाउने चिज नभएको उल्लेख गर्दै उहाँले सबै सुझावहरु एकैपटक लागू गर्न सक्ने अवस्था नभए पनि वर्गीकरण गरी तत्कालीन र दीर्घकालीन रुपमा कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाउनुभयो ।

महासङ्घले दुर्घटना बीमालाई थप विस्तार गरी स्वास्थ्य बीमा र जीवन बीमाको व्यवस्था गर्न पनि आग्रह गरेको छ । महासङ्घमा सदस्यता नवीकरण भएसँगै स्वतः बीमा हुने व्यवस्था गर्न पनि महासङ्घले आग्रह गरेको छ ।

यसैगरी सरकारी अस्पताल र स्वास्थ्य संस्थाबाट उपलब्ध गराइने भनिएको ५० प्रतिशत छुट लगायतका पूर्व निर्णयहरु पनि कार्यान्वयन गर्न महासङ्घले आग्रह गरेको छ । पत्रकार कल्याण कोषबाट यही आर्थिक वर्षदेखि लागू हुने गरी ज्येष्ठ पत्रकार जीविकोपार्जन भत्ता वितरण गर्न पनि महासङ्घले आग्रह गरेको छ ।

विज्ञापन ऐनमा भएको व्यवस्थाअनुसार तत्काल सबै प्रकारका सञ्चार माध्यमले पाउने गरी समानुपातिक विज्ञापन प्रणाली लागू गर्नुपर्ने र स्थानीय विज्ञापनमा स्थानीय सञ्चार माध्यमलाई प्राथमिकता दिन पनि महासङ्घले आग्रह गरेको छ ।   

अन्तिम अपडेट: फागुन २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया