जलवायु परिवर्तनले निम्ताउने सङ्कट न्यूनीकरणका लागि तीन तहकै स...
मंसिर २७, २०८१ बिहिबार
दाङ - बालविवाह रोक्न लुम्बिनी प्रदेशमा १५ दिने अभियान सुरु भएको छ ।
अभियान अन्तर्गत लुम्बिनी प्रदेशका १२ वटै जिल्लामा गरी १२ सय बढी कार्यक्रम हुने भएका छन् । बालविवाह नरोकिएको गुनासोपछि प्रदेश प्रहरी कार्यालय दाङले १५ दिने अभियान सुरु गरेको हो । बालविवाह रोक्न र निरुत्साहित गर्न कार्तिक २८ गतेसम्म अभियान सञ्चालन गर्ने प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
नगरपालिका, गाउँपालिका, वडा कार्यालय र विभिन्न संघसंस्थासँग समन्वय गरेर १२ सय ३१ वटा जनचेतनामुलक कार्यक्रम गर्ने लुम्बिनी प्रदेश प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक राजकुमार वैदवारले जानकारी दिनुभयो ।
बालविवाहकै कारण शारीरिक तथा मानसिक समस्या, घरेलु हिंसा, सामाजिक, आर्थिक र पारिवारिक समस्यासँगै अपराधिक क्रियाकलाप समेत हुने भएकाले यसको न्यूनीकरणका लागि पहिलो पटक प्रहरीले यो अभियान थालेको वरिष्ठ प्रहरी उपरीक्षक वैदवारले बताउनुभयो ।
अभियानलाई सफल बनाउन प्रहरी कार्यालय, बजार र राजमार्गमा ब्यानर तथा प्लेकार्ड राख्ने, ड्युटीमा रहेका प्रहरीबाट प्लेकार्ड देखाउने, बढी भीडभाड र हिँडडुल हुने ठाउँमा पोष्टर टाँस्ने, माइकिङ गर्ने, विभिन्न संचार माध्यमबाट अभियानको जानकारी गराउने लगायतका कार्यक्रम राखिएको छ ।
अशिक्षा, बेरोजगारी, गरिबी, दाइजो, विभेद र माया प्रेमका कारण बालविवाह हुने गरेको प्रहरीले बताएको छ । २० वर्ष नपुग्दै गरिने विवाहलाई नेपालको संविधानले बालविवाह मानेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।