न्युजिल्यान्डलाई हराउँदै भारतले जित्यो च्याम्पियन्स ट्रफीको उपाधि
फागुन २५, २०८१ आइतबार
कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलामा रहेको जङ्गलमा दुई जनाको शव भेटिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार जङ्गलमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षका टेकबहादुर कोली र १६ वर्षकी सीता साउदको शव भेटिएको हो । गएको असोज २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेका दुवै जनाको शव आज बिहान जङ्गलमा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।
घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ । प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ ।
त्यसैगरी कञ्चनपुरको महाकाली नदीमा आज बिहान भीमदत्त नगरपालिका–६ का २३ वर्षीय सरोज चौधरीको शव भेटिएको छ । गएकाे मङ्गलबार साथीहरुसँग दोधारा चाँदनी झोलुङ्गे पुल घुम्न गएका बेला नुहाउने क्रममा बेपत्ता भएका चौधरीको शव आज भेटिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।