च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डाै - नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको बैठक बोलाउन माग गर्नुभएको छ । प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा भएको भेटवार्तामा प्रचण्डले सरकारले गरेका पछिल्ला निर्णय र नियुक्ति तथा सरकारका काम कारबाहीको समिक्षा गर्न सचिवालय बैठकको माग गर्नुभएको हो ।
भारतीय खुफिया एजेन्सी रअका प्रमुख सामन्तकुमार गोयलसँग ओलीले गरेको भेट, राजदूत नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन, कर्णाली प्रदेशको विवाद, पर्सा घटना लगायतका विषयमा प्रचण्डले ओलीसँग असन्तुष्टि व्यक्त गर्नुभएको थियो । यिनै विषयमा छलफल गर्न प्रचण्डले सचिवालयको बैठक माग गर्नुभएको हो ।
पार्टीको बैठकमा एउटा गर्छु भन्ने तर व्यवहार अर्कै किन गरिरहुनभएको छ भनेर प्रचण्डले ओलीलाई प्रश्न सोध्नुभएको पनि स्रोतले जनाएको छ । यसअघिको सचिवालय र स्थायी कमिटिको बैठकको निर्णय विपरीत ओलीले एकलौटी गरेको भन्दै अध्यक्ष प्रचण्डले ओलीलाई ११ दिनदेखि भेट्न मान्नुभएको थिएन ।
अध्यक्ष प्रचण्ड बालुवाटार नगएपछि ओलीले, विष्णु पौडेल, शंकर पोख्रेल, प्रदीप ज्ञवाली लगायतका दोस्रो तहका नेताहरुलाई दूतको रुपमा खुमलटार पठाउँदै आउनुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।