कारबाही त्रुटिपूर्ण रहेको बेहोरासहित घिसिङको स्पष्टीकरण पत्र
फागुन २५, २०८१ आइतबार
काठमाण्डाै – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुटको सङ्घारमा पुगेको बताउनुभएको छ । आइतबार आफ्नै निवास खुमलटारमा प्रचण्डले पार्टी फुटको नजिक पुगेको बिफ्रिङ गर्नुभएको हो ।
बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले प्रधानमन्त्रीसमेत रहनुभएका अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटाउने प्रस्ताव गरेको बताउनुभएको हो । भेलामा सहभागी एक सदस्यका अनुसार ओलीले पार्टी अलग–अलग तरिकाले अघि बढाउने प्रस्ताव प्रचण्डलाई गर्नुभएको बिफ्रिङ भएको छ । उहाँका अनुसार ओलीले सँगैसँगै अघि बढ्न नसक्ने भए छुट्टाछुट्टै पार्टी चलाउने प्रस्ताव प्रचण्डलाई गर्नुभएको हो ।
शनिबार ओली र प्रचण्डबीच बढ्दो विवादका विषयमा छलफल भए पनि सकारात्मक निष्कर्ष निस्किएको थिएन । यसअघि ओलीले एकलौटी ढङ्गले निर्णय गर्ने गरेको भन्दै असन्तुष्टि जनाउँदै आउनुभएका प्रचण्डले ओलीसँग छलफल गर्न नै छोड्नुभएको थियो ।
आइतबारकाे भेलामा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा सहभागी हुनुहुन्थ्यो । उनीहरुले पार्टी फुटाउन नहुने पक्षमा मत राखेका छन् ।
केही दिनयता नेकपाभित्र कर्णाली विवाद, राजदूत नियुक्तिलगायतका विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै प्रचण्डले बताउँदै आउनुभएको छ । यही कारण नेकपाभित्र विवाद बढ्दो छ ।
आइतबार मात्रै नेकपाका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा गम्भीर सङ्कट उत्पन्न भएको भन्दै सङ्कट समाधान गर्न आह्वान गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।