१९ वर्षमुनिको महिला टी–२० विश्वकप भोलिदेखि मलेसियामा शुरू ह...
माघ ४, २०८१ शुक्रबार
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमबीच नेकपाभित्रको आन्तरिक विवादबारे छलफल भएको छ ।
राष्ट्रपति भण्डारीले नेता गाैतमलाई राष्ट्रपतिको कार्यालय शितल निवास बोलाएर नेकपाभित्रको विवादबारे चासो व्यक्त गर्नुभएको हो । भेटमा राष्ट्रपति भण्डारीले नेकपाको एकता जोगाउन भूमिका खेल्न आग्रह गर्नुभएको स्रोतले जनाएको छ ।
राष्ट्रपति भण्डारीसँग आधा घण्टा छलफल गर्नुभएपछि उपाध्यक्ष गौतमले आफूले सक्दो पहल गर्ने प्रतिक्रिया दिनुभएको थियो । गौतम शितल निवास पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसअघि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा भएको भेलामा पनि उपाध्यक्ष गौतम सहभागी हुनुभएको थियो ।
पछिल्ला दिन नेकपाभित्र कर्णाली विवाद, राजदूत नियुक्तिलगायतका विषयमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षले एकलौटी निर्णय गरेको भन्दै प्रचण्डले बताउँदै आउनुभएको छ । यही कारण नेकपाभित्र विवाद बढ्दो छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।