भारतीय सेनाध्यक्ष नरवणे भोलि नेपाल आउँदै, सम्बन्ध सुधारकाे अपेक्षा

 कात्तिक १८, २०७७ मंगलबार २०:२३:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे बुधबार (भाेलि) नेपाल आउँदै हुनुहुन्छ । नेपाली सेनाले दिने मानार्थ महारथीको उपाधि ग्रहण गर्न नरवणे भोलि नेपाल आउन लाग्नुभएको हो । 

नरवणेले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च तहको भेटवार्ता गर्ने भएकाले यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । भोलि नेपाल आउने भारतीय सेनाध्यक्षले बिहीबार उच्च तहमा भेटवार्ता गर्नुहुनेछ ।

भारतले मिचेको नेपाली भूमि समेटेर नेपालले नक्सा सार्वजनिक गरेपछि चिसिएको दुई देशबीचको सम्बन्ध फेरि सुमधुर बनाउने वातावरणको सुरुवातको लागि नरवणेको नेपाल भ्रमण उपयुक्त हुन सक्ने परराष्ट्रविद्हरुले बताएका छन् । दुई देशबीच उच्च तहमा संवाद नभएको अवस्थामा भारतीय सेनाध्यक्षकाे भ्रमणले संवादहीनताको सिलसिला तोड्न सक्ने विज्ञहरुको भनाइ छ । 

यसैबीच नेपाल भ्रमणकाे पूर्वसन्ध्यामा भारतीय सेनाध्यक्षले आफ्नाे भ्रमणले दुई देशकाे सैन्य सम्बन्ध थप बलियाे हुने बताउनुभएकाे छ । आफ्नाे भ्रमणले दुई देशबीच रहेको सैन्य सम्बन्धलाई बलियाे बनाउन लामो बाटो तय गर्ने सेनाध्यक्ष नरवणेले भिडियाेमा भन्नुभएकाे छ । 

नेपाल र भारत दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ सेनापतिको सम्मान दिने चलनअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २०७५ सालमै भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाइसक्नुभएको छ ।  

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया