सुनाकोठीका बासिन्दा थप आन्दोलित : ‘घरबेटीलाई नमस्कार, पिच गर्नेलाई पुरस्कार !’

 कात्तिक १९, २०७७ बुधबार ७:४५:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ठेकेदारले समयमै काम नगरेको भन्दै आन्दोलनमा उत्रिएका ललितपुर सुनाकोठीका बासिन्दाले थप दबाबमुलक कार्यक्रम थालेका छन् ।

बिहान ९ बजेदेखि ५ बजेसम्म सडक बन्द गर्दै आएका स्थानीयबासिन्दाले आज बिहान ७ बजेदेखि नै सडक बन्द गरेका छन् । गएको आइतबारदेखि सुनाकोठी क्षेत्रमा हरेक दिन बेलुकी ५ बजेसम्म सडक बन्द गर्दै आएका स्थानीयबासिन्दाले ठेकेदारले काम नगरेमा थप दबाबमुलक कार्यक्रम गर्ने बताएका छन् ।

ठेकेदारले सडक विस्तारका लागि भनेर भत्काइएको सडक नबनाई अलपत्र छाडेपछि स्थानीयबासिन्दाले पटकपटक आन्दोलन गर्दै आएका हुन् । ठेकेदारले तुरुन्तै सडक कालोपत्रे गर्ने सहमति गरे पनि काम नगरेपछि फेरि आन्दोलन गर्नुपरेको स्थानीयबासिन्दाको भनाइ छ ।

ढोलाहिटी–सुनाकोठी–चापागाउँ सडक विस्तारको जिम्मा शैलुङ कन्स्ट्रक्शन जेभीले पाएको छ । शैलुङ कन्स्ट्रक्शनका प्रमुख शारदाप्रसाद अधिकारी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटीसमेत हुन् । प्रचण्ड बस्ने घरसम्म पिच गर्ने ठेकेदारले ढोलाहिटीतर्फको सडक त्यतिकै छोडेको भन्दै स्थानीयबासिन्दाले बिरोध गरेका हुन् ।

ठेक्का लागेको ६ वर्ष बितिसक्दासमेत सडक बिस्तार सकेर कालोपत्रे हुन सकेको छैन । स्थानीयबासिन्दाले काम नगर्ने ठेकदारविरूद्ध ‘घरबेटीलाई नमस्कार, पिच गर्नेलाई पुरस्कार’ नारा लेखेर पनि टाँसेका छन् ।

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया