अमेरिकी डलर र युरोको भाउ स्थिर, अरु विदेशी मुद्राको भाउ घटबढ
पुस २६, २०८१ शुक्रबार
काठमाण्डाै – अमेरिकी राष्ट्रपति पदको मतदान सकिएको छ । केही ठाउँको नतिजा आउन पनि सुरु भइसकेको छ । ५० मध्ये १७ राज्यको नतिजा आउँदा डेमोक्रेट उम्मेदवार जाे बाइडेन पक्षका इलेक्टोरल कलेजका प्रतिनिधि धेरै देखिएका बिबिसीले जनाएको छ ।
बाइडेन पक्षका ८९ र रिपब्लिकन उम्मेदवार ट्रम्पको पक्षका ६३ प्रतिनिधि चुनिएका छन् । टेक्सस, कोलोराडो, नेब्रास्का, मिजुरी, इलिनाय, ओहायो, पेन्सिलवेनिया, नर्थ केरोलिना, न्यू हेम्पशायर लगायतका राज्यमा बाइडेन अगाडि हुनुहुन्छ ।
अहिले मतगणना चलिरहेको छ । अझै धेरै ठाउँको मतगणना हुन बाँकी भएकाले अहिले नै कसको जित हुन्छ भन्ने अनुमान लगाउन सकिने अवस्था छैन । बहालवाल राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति समेत रहनुभएका बाइडनबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ ।
यसपटकको चुनावमा फ्लोरिडा, एरिजोना, पेन्सलभेनिया, मिचिगन, विसकन्सिन, नर्थक्योरिलना र जर्जियाको इलेक्टोरल भोटलाई निर्णायक मानिनेछ । ब्याटल ग्राउण्ड भनिने यी राज्यहरुमा जुन उम्मेदवारले अग्रता कायम गर्दै वर्चस्व कायम गर्नेछन् उनकै जित निश्चित हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।