पुलिसलाई हराउँदै आर्मीले जित्यो इन्डो–नेपाल भलिबलको उपाधि
पुस २५, २०८१ बिहिबार
काठमाण्डाै – बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले दोषी ठहर गरेपछि भागिरहेका पर्साको वीरगञ्ज महानगरपालिका ६ का सत्य नारायणप्रसाद रौनियार पक्राउ परेका छन् ।
२०७५ सालको चैत १० गते र २०७६ सालको फागुन २७ गतेको उच्च अदालत पाटनको फैसलाअनुसार उनलाई ४५ दिन कैद र ७० लाख रुपैयाँ जरिबाना तोकिएको थियो । उनलाई काठमाण्डाैकाे रातोपुलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । उनलाई उच्च अदालत पाटनको फैसला कार्यान्वयनका लागि बिहीबार नै जिल्ला अदालत पर्सा पठाइएको छ ।
आफ्नो खातामा पर्याप्त रकम नभएको भन्ने थाहा हुँदा हुँदै रौनियारले मन्दीपकुमार थापा र सन्तोषकुमार चौधरीलाई विभिन्न बैंकबाट भुक्तान हुने गरी ७० लाख रुपैयाँको चेक दिएका थिए । उनले सापटी लिएको रकम फिर्ता गर्नका लागि थापा र चौधरीलाई खातामा रकम नभएको चेक दिएकाे खुल्न आएको ब्युरोले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।