राजनीतिक समस्यामा सक्रिय हुँदा राष्ट्रपति पदको मर्यादा र गरिमा उल्लङ्घन : भीम रावल

 कात्तिक २१, २०७७ शुक्रबार १२:३१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्तारुढ दल नेकपाका नेता भीम रावलले पार्टीको राजनीतिक समस्यामा राष्ट्रपति सक्रिय भएको भन्दै यसलाई पदको मर्यादा र गरिमाको उल्लङ्घनको संज्ञा दिनुभएको छ ।

आज बिहान ट्वीट गर्दै उहाँले पार्टीको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनु पदको मर्यादा र गरिमाको उल्लङ्घन भएको टिप्पणी गर्नुभएको हो ।

‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिँदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ’ उहाँले उल्लेख गर्नुभएको छ,‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।

पार्टीभित्र विवाद चर्किएका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम, बुधबार गृहमन्त्री एवं सचिवालय सदस्य रामबहादुर थापा र त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शितल निवासमा छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया