अमेरिकाको जर्जियामा फेरि मतगणना हुने : पाँचमध्ये चार राज्यमा बाइडेनको अग्रता

 कात्तिक २२, २०७७ शनिबार ६:४०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अमेरिकी राष्ट्रपति चुनाव अन्तर्गत जर्जियामा फेरि मतगणना हुने भएको छ ।

जर्जियाको सेक्रेटरी अफ स्टेट ब्रैड रेफेन बर्गरले जर्जियामा फेरिमतगणना हुने घोषणा गर्नुभएको हो । जर्जियामा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले एक हजारभन्दा कम मतको अग्रता कायम गर्नुभएको छ । झिनो मतान्तरले निर्णय भएका ठाउँमा फेरि मतगणना हुने गरेको छ ।

जर्जियाको कानुनअनुसार कुल मतको ० दशमलव ५ प्रतिशतभन्दा कम अन्तरले निर्णय भएमा हार्ने उम्मेदवारले फेरि मतगणना माग गर्न पाउँछ । त्यस्तो माग नतिजा सार्वजनिक भएको दुई दिनभित्र गर्नुपर्ने हुन्छ । जर्जियामा अझै मतगना चलिरहेको छ ।

यसैबीच अमेरिकी राष्ट्रपति चुनावको पछिल्लो मत परिणामअनुसार मतगणना भइरहेका पाँचमध्ये चार राज्यमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनले मतान्तर बढाउँदै लैजानुभएको छ । नेभाडा र एरिजोनामा जो बाइडेन फराकिलो मतान्तरमा हुनुहुन्छ ।

नेभाडामा उहाँ २१ हजारको मतान्तरका साथ अगाडि हुनुहुन्छ भने एरिजोनामा ४३ हजारभन्दा बढी मतका साथ अगाडि हुनुहुन्छ । नर्थ क्यारोलाइनामा भने सत्तारुढ रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अगाडि हुनुहुन्छ ।

राष्ट्रपति चयनका लागि अमेरिकामा नोभेम्बर ३ मा चुनाव भएको हो । अहिलेका राष्ट्रपति रिपब्लिकन पार्टीका ट्रम्प र डेमोक्रेटिक पार्टीका बाइडेन प्रतिस्पर्धामा हुनुहुन्छ । अहिलेसम्म बाइडेनले २ सय ६४ र ट्रम्पले २ सय १४ इलेक्टोरल मत प्राप्त गर्नु भएको छ । २ सय ७० इलेक्टोरल मत प्राप्त गर्ने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुनेछन् ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया