झापा कपको उपाधिका लागि आज चर्च ब्वाइज युनाइटेड र न्यूरोड टिम...
पुस ८, २०८१ सोमबार
बैतडी – प्रहरीले भारतसँग सीमा जोडिएको क्षेत्रमा पछिल्लो समयमा गस्ती बढाएको छ । सीमा नाका झुलाघाट बन्द रहेको अवस्थामा पनि भारतबाट अवैध रुपमा सामान भित्र्याउने क्रम नरोकिएपछि सीमा क्षेत्रमा गस्ती बढाएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सीमानाका बन्द हुँदा महाकाली नदीमा ट्युबमार्फत भारतीय सामान अवैध रुपमा आउन थालेपछि सीमाक्षेत्रमा गस्ती टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
महाकाली नदी क्षेत्रको शेरा, पञ्चेश्वर, शिवनाथ लगायतका क्षेत्रमा प्रहरीको गस्ती टोली परिचालन गरिएको हो । तिहार नजिकिएसँगै अवैध रुपमा पटाका लगायतका प्रज्वलनशिल पदार्थ पनि भित्रन सक्ने भन्दै सीमाक्षेत्रमा कडाई गरिएको उहाँले बताउनुभयो ।
बैतडीमा बन्दाबन्दीको अवस्थादेखि अहिलेसम्म भारतबाट अवैध रुपमा भित्र्याइएको १३ लाख रुपैयाँ बढीको सामान बरामद गरिएको छ । बरामद गरिएको सामान, गाडी र तस्करहरुलाई आवश्यक कारबाहीको लागि झुलाघाट र गड्डाचौकी भन्सार कार्यालय बुझाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।