एनपीएलको उत्साहपूर्वक प्रतीक्षा, भोलि भव्य उद्घाटन हुँदै
मंसिर १४, २०८१ शुक्रबार
एजेन्सी - अजरबैजानले विवादित नागोर्नो-काराबाखको एक सहर आफूले कब्जा गरेको दाबी गरेको छ ।
अजरबैजानका राष्ट्रपति इलहाम अलीयेवले नागोर्नो-काराबाखको शुशा सहर आफ्नो कब्जामा लिएको बताउनुभएको बीबीसीले जनाएको छ । अर्मेनियाको भाषामा यो सहरलाई शुशी भन्ने गरिन्छ । अर्मेनियाले भने अजरबैजानको यो दाबीलाई अस्वीकार गर्दै लडाइ अझै जारी भएको जनाएको छ ।
विवादित नागोर्नो काराबाख ४ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको पहाडी इलाका हो । जुन सोभियत सङ्घ विघटन हुनुभन्दा पहिला स्वायत्त क्षेत्र बनेको थियो । पहिला यसलाई अजरबैजानका हिस्सा मानिन्थ्यो । तर अर्मेनिया र अजरबैजान दुवैले यसलाई आफ्नो क्षेत्र दाबी गर्ने गरेका छन् ।
यो क्षेत्रमा इसाई अर्मेनीयाली र तुर्क मुसलमानको बसोबास रहेको छ । विवादित यो क्षेत्रलाई लिएर अजरबैजान र अर्मेनियाबीच लामो समयदेखि मतभेद हुँदै आएको छ । सन् १९९० दशकको सुरुवातमा यो क्षेत्र विभाजित हुँदा त्यहाँ भएको लडाइमा दशौँ हजार मानिसहरू मारिएका थिए ।
सोभियत शासनका बेला साम्यवादी व्यवस्था रहेकाले जातीय र धार्मिक मतभेदहरूलाई दबाइएको थियो । तर सोभियत सङ्घ टुक्रिएर ती दुई देशहरु स्वतन्त्र भएपछि त्यहाँ जातीय र धार्मिक मदभेदहरू सुरु भएका मानिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।