चिसो बढेसँगै बालबालिकालाई जोगाउन डाक्टरको आग्रह, हिटर कोइला वा दाउरा भने बाल्न नहुने

 कात्तिक २४, २०७७ सोमबार ८:१८:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चिसो मौसममा बालबालिकाहरुमा विभिन्न स्वास्थ्य समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन डाक्टरले सुझाव दिएका छन् ।

चिसो मौसममा बालबालिकामा विशेषगरी, निमोनिया, रुघाखोकी, सिजनल फ्लू, मौसमी झाडापखाला, पेट र स्वासप्रश्वाससम्बन्धी समस्या देखिन सक्ने भएकाले सावधानी अपनाउन काठमाण्डौ मेडिकल कलेजका सामुदायिक चिकित्सा विभागका विभागीय प्रमुख प्राध्यापक डाक्टर सुनिलकुमार जोशीको आग्रह छ । यस्ता समस्या देखिनुको मुख्य कारण भनेको सङ्क्रमण नै हो ।

सङ्क्रमणबाट जोगाउन सकिएन भने बालबालिकाको ज्यान नै जान सक्ने भएकाले अरु समयको तुलनामा बालबालिकाको बढी ख्याल राख्न उहाँले आग्रह गर्नुभएको छ । जाडो समयमा रोगप्रतिरोधात्मक क्षमता समेत कम हुन्छ । त्यसैले बालबालिकालाई न्यानो लुगा लगाइदिने, सागसब्जी र तातो झोलिलो खानेकुरा खान दिनु पर्छ ।

उनीहरुलाई चिसो मौसममा फल्ने सुन्तला, जुनारलगायतका फलफूल पनि थोरै मात्रामा खुवाउनु राम्रो हुन्छ । यस्ता फलफूलले उनीहरुको छाला सुख्खा हुन पाउँदैन ।  चिसो भयो भनेर लामो समयसम्म कोठाभित्र हिटर, कोइला वा दाउरा बाल्न नहुने डाक्टर जोशी बताउनुहुन्छ ।  

लामो समय कोठामा दाउरा, कोइला तथा हिटर बालेर राख्दा अक्सिजनको कमी भएर स्वासप्रश्वाससम्बन्धी समस्या आउन सक्छ  ।  दाउरा, कोइला तथा हिटर बाल्दा झ्याल वा ढोका खुला राख्नुपर्छ । यसो गर्दा कोठाको बिकार हावा बाहिर जान्छ । र बाहिरबाट शुद्ध हावा भित्र छिर्न पाउँछ ।

यसका साथै अक्सिजनको पनि कमी हुन पाउँदैन ।  बालबालिकालाई न्यानो कपडा लगाइदिने गर्नुपर्छ । तर  गुम्स्याएर राख्नु भने हुँदैन । घरमा कसैलाई रुघाखोकी लागेको छ भने बालबालिकालाई त्यसबाट टाढा राख्नुपर्छ । नत्र बालबालिकालाई पनि सर्ने सम्भावना हुन्छ ।

नवजात शिशुलाई राख्ने कोठालाई २५ देखि २८ डिग्री सेल्सियस तापक्रममा राख्नु पर्ने डाक्टर जोशी बताउनुहुन्छ ।  बालबालिकालाई-बिहान र बेलुकाको चिसो हावामा घर बाहिर निस्कन दिनु हुँदैन । घाममा राख्दा समय समयमा पानी खुवाउने गर्नुपर्छ ।

अन्तिम अपडेट: फागुन १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया