च्याम्पियन्स लिगमा आज राति १८ वटा खेल
माघ १६, २०८१ बुधबार
काठमाण्डौ – अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक क्षेत्रमा प्राप्त उपलब्धिको भविष्य आर्थिक क्षेत्रसँग जोडिएको बताउनुभएको छ ।
निर्यात व्यवसायी महासङ्घ नेपालका प्रतिनिधिसँगको भेटमा अर्थमन्त्री पौडेलले आर्थिक क्षेत्र सबल बनाउन सके मात्रै राजनीतिक उपलब्धिको रक्षा गर्न सम्भव हुने बताउनुभयो । राजनीतिक उपलब्धिमा मात्रै गौरव नगरि उत्पादनमा वृद्धि, रोजगारीका अवसर सिर्जना गरी सुदृढ अर्थतन्त्र निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो ।
रोजगारी सिर्जना र उत्पादनमा वृद्धि गरी आर्थिक क्षेत्र सबल र शक्तिशाली बनाउनु अहिलेको साझा विषय भएको भन्दै उहाँले सरकार र निजी क्षेत्र एउटै डुङ्गाका यात्री हुन भन्ने मान्यताका साथ अगाडि बढ्ने प्रतिबद्धता जनाउनुभयो ।
महासङ्घले उत्पादन वृद्धिका लागि जमिन भाडामा ल्याउन छुट्टै कानुन ल्याउनुपर्ने माग गरेको छ । यस्तै वन क्षेत्र, प्रयोगविहीन सरकारी जग्गाहरूको उपभोगका लागि लिन कानुनको आवश्यकता रहेको पनि महासङ्घले बताएको छ ।
निर्यातजन्य उद्योगलाई निर्यातमा पुनर्कर्जा दिने स्पष्ट भए पनि व्यवसायीहरूले सुविधा नपाएको गुनासो गरेका छन् । पुनर्कर्जाकाे समयावधि पनि थप गरेर तीन वर्ष गरिनुपर्ने महासङ्घको माग छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।